लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Saturday, December 13, 2014

On 8:33 PM by Arghelo Thapa in    No comments
हिउँदको झरी झैं
बरफ बनेर आइदिने
तिम्रा ती आला यादका चोटहरू
कसरी निको होलान् ?
अरे ! कोही त बताइदेऊ
कसरी पुरिन्छन् दागहरू
म त यहाँ निमोनियाले ग्रस्त छु । 

Friday, December 12, 2014

On 9:19 PM by Arghelo Thapa in    No comments

घाम ओथारो नबस्दै
कथामा उनिएका पात्रहरू
एक सुल्फा असन्तुष्टिको धुँवा तान्दै
रिसहरूलाई उडाइरहेछन् आकाशतिर
हिजो बिहान देखेकी सपनाकी पात्र
आज प्रचुर आवेशमा
केही भन्न खोज्दै छिन्
प्रेमले उनलाई पछ्छाइरहेछ
केही भावनाका तुसाराहरूले
भर्खरै फ्रीज बनाएको छ उनलाई
मौन आवाजले यही भन्दै थ्यो

अस्ति लेखेको कथाको पात्रले
मेरो बिरामी मगजलाई अठ्याएर
कायल बनाउँदै छ -
'हो, मैले पात्रलाई अन्याय गरेकै हो ।'

यी असन्तोष पात्रहरू
निहुँ खोज्न निख्खर
चाहनाहरूका बन्दी
अनि रहरहरूका दास
पात्रहरू झैं लाग्छन्
ठ्याक्कै असन्तोष जनता झैं लाग्छ्न्
जुन पात्रहरू म आफै जन्माउँछु
र अन्तत: उनैका दास बन्छु
जसरी देशले जन्माइरहेछ
चेतनाविहीन लाखौं लाख जनताहरू

Sunday, December 7, 2014

On 11:32 PM by Arghelo Thapa   No comments
मात्तिन्छ रात किन चिन्ता गर्छौ नजिकिन्छ साथ किन चिन्ता गर्छौ ढुकढुकी बढ्छ अनि उग्र हुन्छ यौवनको मात किन चिन्ता गर्छौ
On 10:47 PM by Arghelo Thapa in    No comments
विश्वासका केही मुहानहरू
बेरोजगारीका केही चिहानहरू
खुशीका केही ओछ्यानहरू
समस्याका केही घुरानहरू
यी सबैको बन्द घेराभित्र
सबैले खोजिरहेछन्
आशाका जीवनहरू
काली गण्डकीको बेगजस्तै
उड्दैछन् मान्छेका रहरहरू
बाख्राका पाठाहरूले
गाइरहेछन् शान्तिका गीतहरू
नदीझैं बत्तिँदै दौडिरहेछन्
सहयोगका सयौं हातहरू
र मैले देखिरहेछु,
सुन्दर मुहारहरू
जून जुनजस्तै सुन्दर छन्
जुन पहाडजस्तै बलिया छन्
जुन फूलजस्तै हँसिला छन्
तर अन्जान छु,
भोलिका दिनहरूमा
उनीहरू के गरिरहेका हुनेछन्
घण्टौं हिँडेर पढेका ज्ञानहरू
के स्वदेशमै लागू हुनेछन् ?
सोध्दैछन् केही प्रश्नहरूले आफैसँग
यो अनेपक्षित संस्कार
यो रीति
यो रहस्य
यो उद्देश्य
र सपनाका बाकसमा
राखिएका निसर्दीका सपनाहरू
काली गण्डकीझैं बगेर
के सपनाको समुन्द्रमा पुग्नेछन्
या संवेग मात्रै रहनेछन् ?

अक्षरयात्राको ११२ औं शृङ्खलामा पाल्पाको निसर्दीमा वाचन गरेको कविता । त्यहाँँको संस्कार र  साहित्यिक मनप्रति समर्पित । 

Wednesday, October 29, 2014

On 8:57 AM by Arghelo Thapa in    No comments
मेरो बिछोडको शोकमा मुस्कुराएछ कसैले
कतै मिलनको गजल गाएछ कसैले

उनी भावनाको नाता ठूलो हुन्छ भन्थिन्
आज उनैलाई कोठीमा पुराएछ कसैले

बेबारिसे बिरामीलाई रगत दिएर बचायो
हरे ! ज्यानमाराको आरोप लाएछ कसैले

मैले रुँदारुँदा हाँस्न भुलिसकेको थिएँ
पानीमा म हाँसेको स्केच बनाएछ कसैले

कोही जून छुन भन्दै उडिरहेका थिए
सुटुक्क आकाशको जूनलाई भगाएछ कसैले