Friday, December 12, 2014
On 9:19 PM by Arghelo Thapa in कविता No comments
घाम ओथारो नबस्दै
कथामा उनिएका पात्रहरू
एक सुल्फा असन्तुष्टिको धुँवा तान्दै
रिसहरूलाई उडाइरहेछन् आकाशतिर
हिजो बिहान देखेकी सपनाकी पात्र
आज प्रचुर आवेशमा
केही भन्न खोज्दै छिन्
प्रेमले उनलाई पछ्छाइरहेछ
केही भावनाका तुसाराहरूले
भर्खरै फ्रीज बनाएको छ उनलाई
मौन आवाजले यही भन्दै थ्यो
अस्ति लेखेको कथाको पात्रले
मेरो बिरामी मगजलाई अठ्याएर
कायल बनाउँदै छ -
'हो, मैले पात्रलाई अन्याय गरेकै हो ।'
यी असन्तोष पात्रहरू
निहुँ खोज्न निख्खर
चाहनाहरूका बन्दी
अनि रहरहरूका दास
पात्रहरू झैं लाग्छन्
ठ्याक्कै असन्तोष जनता झैं लाग्छ्न्
जुन पात्रहरू म आफै जन्माउँछु
र अन्तत: उनैका दास बन्छु
जसरी देशले जन्माइरहेछ
चेतनाविहीन लाखौं लाख जनताहरू
Subscribe to:
Post Comments (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...
0 comments:
Post a Comment