लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Sunday, December 7, 2014

On 10:47 PM by Arghelo Thapa in    No comments
विश्वासका केही मुहानहरू
बेरोजगारीका केही चिहानहरू
खुशीका केही ओछ्यानहरू
समस्याका केही घुरानहरू
यी सबैको बन्द घेराभित्र
सबैले खोजिरहेछन्
आशाका जीवनहरू
काली गण्डकीको बेगजस्तै
उड्दैछन् मान्छेका रहरहरू
बाख्राका पाठाहरूले
गाइरहेछन् शान्तिका गीतहरू
नदीझैं बत्तिँदै दौडिरहेछन्
सहयोगका सयौं हातहरू
र मैले देखिरहेछु,
सुन्दर मुहारहरू
जून जुनजस्तै सुन्दर छन्
जुन पहाडजस्तै बलिया छन्
जुन फूलजस्तै हँसिला छन्
तर अन्जान छु,
भोलिका दिनहरूमा
उनीहरू के गरिरहेका हुनेछन्
घण्टौं हिँडेर पढेका ज्ञानहरू
के स्वदेशमै लागू हुनेछन् ?
सोध्दैछन् केही प्रश्नहरूले आफैसँग
यो अनेपक्षित संस्कार
यो रीति
यो रहस्य
यो उद्देश्य
र सपनाका बाकसमा
राखिएका निसर्दीका सपनाहरू
काली गण्डकीझैं बगेर
के सपनाको समुन्द्रमा पुग्नेछन्
या संवेग मात्रै रहनेछन् ?

अक्षरयात्राको ११२ औं शृङ्खलामा पाल्पाको निसर्दीमा वाचन गरेको कविता । त्यहाँँको संस्कार र  साहित्यिक मनप्रति समर्पित । 

0 comments:

Post a Comment