Friday, April 24, 2015
On 7:39 PM by Arghelo Thapa in विचार No comments
लामो समयदेखि गीतका कारण सर्वाधिक चर्चामा रहेको चलचित्र रेशम फिलिली ‘अरे वाह’ भन्ने नमिल्ने तर राम्रो चलचित्र हो । पहिलो दिन चलचित्र हेर्न सिनेमा हल पुगेका दर्शक हाउसफुल भएर टिकट नपाएर फर्किनुपरेको देख्दा लाग्छ, नेपाली चलचित्र हेर्ने दर्शकको कमी छैन । बरु अभाव राम्रा चलचित्रको हो । अथवा दर्शकले चाहेजस्ता चलचित्र बन्न नसक्नु चलचित्र क्षेत्रको कमजोरी हो ।
एकैछिन चर्चा गरौं चलचित्रका बारेमा ।
गाउँबाट पैसा कमाएर आमा र बुहारीको सपना पूरा गर्न चाहने रेशम (विनय श्रेष्ठ) पात्रका वरिपरि कथा घुमेको छ । बहिनी सुन्तलीको बिहे र बाजस्तै ठुलो मान्छे बनोस् भन्ने आमाको सपना पूरा गर्न कतार हिँडेको रेशम दलालको फन्दामा फसेर काठ्माडौंमै रुमल्लिन पुग्छ । आफ्नी बहिनीको बिहे धुमधामसँग गरिदिनका लागि जस्तोसुकै जोखिम पनि मोल्न तयार रेशमलाई उसकै आफ्नै साथी हरियाले समेत यसरी फिलिली बनाइदिन्छ कि, हरेक काममा उनीहरु फेल हुन्छन् ।
एकैछिन चर्चा गरौं चलचित्रका बारेमा ।
गाउँबाट पैसा कमाएर आमा र बुहारीको सपना पूरा गर्न चाहने रेशम (विनय श्रेष्ठ) पात्रका वरिपरि कथा घुमेको छ । बहिनी सुन्तलीको बिहे र बाजस्तै ठुलो मान्छे बनोस् भन्ने आमाको सपना पूरा गर्न कतार हिँडेको रेशम दलालको फन्दामा फसेर काठ्माडौंमै रुमल्लिन पुग्छ । आफ्नी बहिनीको बिहे धुमधामसँग गरिदिनका लागि जस्तोसुकै जोखिम पनि मोल्न तयार रेशमलाई उसकै आफ्नै साथी हरियाले समेत यसरी फिलिली बनाइदिन्छ कि, हरेक काममा उनीहरु फेल हुन्छन् ।
चलचित्रका धेरै पक्ष राम्रा छन् । कलाकारको अभिनय पात्र सुहाउँदो छ । शीर्षककै आधारमा मुख्य पात्र हामीलाई रेशम लागेपनि कथा कामेश्वरको वरिपरि घुमेको आभास हुन्छ । चलचित्रका केही संवादहरु लोभलाग्दा छन् । हरियाको सुहाउँदो अभिनयमा ‘हेइ, डन्ट टच माइ मिल्क’ भन्ने संवादले दर्शकलाई हाँस्न बाध्य बनाउँछ । काठ्माडौमा आफू बाँच्नका लागि कति सङ्घर्ष गर्नुपर्छ भन्ने कथा दुई पात्र रेशम र हरियाको माध्यमबाट हास्यात्मक पारामा चलचित्रमा देखाइएको छ । कथाको प्रशंसा गर्न लायक पक्ष के छ भने पात्रहरुको अभिनय राम्रो छ । सबै कलाकार आफ्नो भूमिका अनुसार जमेका छन् । यस चलचित्रमा मुख्य पात्र लाग्ने हरिया (कामेश्वर चौरसिया) को अभिनय हलिउड, बलिउडका कलाकारको भन्दा कम छैन । त्यसो त यो चलचित्रका अर्का मुख्य पात्र रेशमको अभिनय पनि भूमिका सुहाउँदो छ तर उनको भूमिका नै दर्शकलाई मन नपर्ने खालको छ । दर्शकले नायकलाई यतिसम्मको सोझो देख्न चाहन्नन् । बरु कर्म र नायिका मेनुका प्रधानको अभिनय मध्यम लाग्छ । सानातिना कुरालाई महत्व नदिने हो भने केही लामा सट र केही कलात्मक सटले चलचित्रको छायांकन पक्षलाई बलियो बनाएको छ । यस अर्थमा यस चलचित्रमा निर्देशक प्रणव जोशीले सह्रानीय कार्य गरेका छन् । चलचित्र टिमले दुख गरेर दिमाग लगाएरै बनाएको चलचित्र हो रेशम फिलिली ।
तर यो चलचित्र सम्पादन गर्दा केही दृष्य हटाएको भए दर्शकलाई झुर लाग्ने थिएन । अहिलेका दर्शक लामा भन्दा पनि गतिशील कथा भएका चलचित्र हेर्न चाहन्छन् भन्ने कुरा निर्देशक प्रणव जोशीले बुझ्नुपर्थ्यो । यस चलचित्रको सबैभन्दा कमजोर पक्ष कथानक हो । लेखकले विषयवस्तु छनोट त राम्रै गरे तर उनले चलचित्रमा बढी हुन सक्ने कुरालाई कटौती गरेनन् । चलचित्रमा भएका केही संवाद बाहेक बगेको कथानक दर्शकलाई झुर लाग्छ । कथानक अनावश्यक लम्ब्याउँदा दर्शकलाई बेलाबेला हाइ आउँछ । दर्शकलाई हँसाउन मात्र खोज्दा चलचित्रको बिम्ब राम्रोसँग बग्न नसकेको लेखकले ख्याल गर्नुपर्ने थियो । जे होस्, कथा कमजोर छ । यस चलचित्रको अर्को कमजोर पक्ष सम्पादन हो । पारी त्यो डाँडामा गीत बज्दा गीत नै राम्रोसँग बुझिँदैन । गीतको मर्म अनुसारको दृष्य निर्देशकले उन्न सकेका छैनन् । धेरै संवाद अस्पष्ट छन् । रेशमले कथानक भन्दै गर्दा बोलेको संवाद एकदमै सानो सुनिन्छ । केही दृष्य दोहोर्याइका छन् । दिक्क लाग्छ कतिपय दृष्यमा । निर्देशकले यस्ता कुराको ख्याल गरेको भए चलचित्र उत्कृष्ट हुने थियो ।
निष्कर्षत चलचित्र राम्रो छ तर धेरै राम्रो भने होइन । धेरै कुराहरू रोमाञ्चक लाग्छन् । नेपाली चलचित्र मन पराउने दर्शकले चलचित्र हेर्नुभयो भने पछुतो मान्नु पर्दैन । केही करा पक्कै सिकिन्छ । कहीं कतै पक्कै हाँसिन्छ । बरु हल छिर्ने बेला के मानसिकता बनाउनुस् भने ‘यो चलचित्र पारी त्यो डाँडामा गीत जत्तिको सुपरहिट भने छैन ।’
Subscribe to:
Post Comments (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...
0 comments:
Post a Comment