Friday, November 1, 2013
Monday, September 30, 2013
On 10:44 PM by Arghelo Thapa in कविता No comments
रंगीन घरको झ्यालबाट
रंगहीन एउटा युवतीले
मन्दिरमा पूजा गरिरहेका
राताम्मे महिलाका हातका थाली
र
सिउँदोको सिन्दुर हेर्दै
टोलाइरहेकी छिन्
उनीसँग रंगीन सपनाहरू छैनन्
रंगीन वस्त्र छैन
सादा जिन्दगी हेर्ने
आँखाहरू मात्र छन्
जसका लागि उनी व्रत बस्थिन्
उनले नै आफैसँग
खुसी, रगींन संसार
र सिउँदाको सिन्दुर
सँगसँगै लगेर गएका थिए
सदा सदाका लागि
रंगहीन एउटा युवतीले
मन्दिरमा पूजा गरिरहेका
राताम्मे महिलाका हातका थाली
र
सिउँदोको सिन्दुर हेर्दै
टोलाइरहेकी छिन्
उनीसँग रंगीन सपनाहरू छैनन्
रंगीन वस्त्र छैन
सादा जिन्दगी हेर्ने
आँखाहरू मात्र छन्
जसका लागि उनी व्रत बस्थिन्
उनले नै आफैसँग
खुसी, रगींन संसार
र सिउँदाको सिन्दुर
सँगसँगै लगेर गएका थिए
सदा सदाका लागि
Saturday, September 21, 2013
नेपालको सन्दर्भमा हेर्दा बलात्कार पनि पछिल्लो समयमा प्रमुख समस्याका रुपमा देखा परेको छ । जति जति शिक्षाको विकास हुँदै गयो, त्यति त्यति नै समाजमा यौन उदारता फैलनु र अर्कातिर यौनलाई ढाकछोप गर्नुले पनि दिन प्रतिदिन बलात्कारका घटनाहरू बढिरहेका छन् । केही समय पहिला बलात्कारका घटना छिटफुट रुपमा सुनिन्थे भने हाल आएर यस्ता घटनाले मिडियामा धेरै स्थान पाउन थालेका छन् । पहिले बलात्कार नै नहुने तर अहिले प्रविधिको विकाससँगै बलात्कारका घटनाहरू भइरहेका छन् भन्ने आम मानिसलाई लाग्न सक्छ तर खास त्यसो होइन । पहिले पनि बलात्कारका घटना उत्तिकै मात्रामा हुने गर्थे तर लुकाइन्थे किनकि त्यतिखेर शिक्षाको कमी थियो । अझ भनौं इज्जत गुम्ने डरले यस्ता घटनाहरू समाजबाटै लुकाइने गर्थे । समय बदलिएको छ । नेपालका केही अति विकट गाउँमा बाहेक लगभग धेरै स्थानमा शिक्षाले यौन जीवनमा मात्र नभएर मान्छेको सम्पूर्ण जीवनलाई फरक र सरल बनाइदिएको छ । हामी सबैका लागि यो खुसीको कुरा हो तर पछिल्लो समयको यौन उदारताले भने समाजमा अर्को समस्या निम्त्याइदिएको छ । सहरीया पुस्तामा भित्रिएको पश्चिमी सस्कृतिले गाउँ गाउँमा समेत प्रभाव पारेको छ । सोसियल साइटमा रमाउने कैंयौ युवायुवतीहरू ले समेत फेसबुक, ट्वीटर, मिग मार्फत बलात्कारका बारेमा कडा आलोचना र आफ्ना धारणाहरू राख्ने गरेको पाइन्छ । केही समय पहिले त ट्वीटेहरूले दिनभरी जसो यसको बारेमा आवाज उठाएका थिए । धेरैको विचार फरक फरक भए पनि नेपालमा फितलो कानुन भएकाले घटना घट्ने गरेको धेरैको गुनासो थियो । निलो चलचित्र, उत्तेजक बनाउने खालका पहिरन, यौन प्रतिको सङ्कुचित सोंच, युवापुस्ताका अनेक चाहनाका कारणले गर्दा पनि पछिल्लो समयमा यौन विकृति प्रमुख समस्याका रुपमा विकास भएको मान्न सकिन्छ । हुन त बलात्कारका घटना युवापुस्तामा मात्र सीमित छैन । बिभिन्न सञ्चार माध्यममार्फत चार बर्षकी बालिकादेखि असी वर्षे बुढीआमा समेत बलात्कारको सिकार भएका समाचार आइरहनु नौलो लाग्न छोडिसकेको छ । बलात्कारको यो बिकराल स्थितिलाई रोक्ने खालका कडा कानुन बनाउन न सरकारले नै पहल गरेको छ न त सरोकारवालाले नै । छिमेकी देश भारत लगायतका कैयौं राष्ट्रले बलात्कारीलाई मृत्युदण्ड सम्मको सजाय तोके पनि बलात्कारका घटना नरोकिनुले नेपालमा त झन बलात्कारीलाई बल पुगेको मान्न सकिन्छ ।
शिक्षाको यो विकासले ल्याएको विकृतिलाई केही हदसम्म कम गर्न भने अवश्य सकिन्छ । के कारणले बलात्कारका घटनालाई प्रोत्साहित गर्न प्रेरित गर्छन् त ? आउनुस् यस बारेमा छलफल गरौं ।
अङ्ग प्रदर्शनः बलात्कारका घटना घट्नुमा अङ्ग प्रदर्शनलाई पनि एउटा कारणका रुपमा लिन सकिन्छ । पछिल्लो समयमा भित्रिएको पश्चिमी शैलीले गाउँ देखि सहरसम्मका, बच्चादेखि वृद्धसम्मकालाई प्रभाव पारेको छ । पहिले पहिले महिलाका घुँडा देखिने खालको कपडा लगायो भने पनि समाजले राम्रो मान्दैनथ्यो तर अहिले घुँडा छोपिने गरी पहिरन लगाएर हिड्ने युवती पाउन धौ धौ पर्न थालेको छ । त्यसो त मुस्लिम समुदायका महिलाहरू जसले आफ्नो पुरै शरिर ढाकेर हिड्छन् । तिनीहरू बलात्कारको शिकार नभएका भने होइनन् तर हामी के बुझ्न सक्छौं भने अङ्ग प्रदर्शनले पनि केही हदसम्म बलात्कारको घटना निम्त्याउन सक्दछ । पक्कै पनि मुस्लिम समुदायका महिलाहरू भन्दा हाम्रो जस्तो छाडा संस्कृति भएको राष्ट्रमा यस्ता घटना बढी घटेको पाइन्छ ।
फेक लभ स्टोरीः अहिलेको समाजमा चोखो प्रेमका कथाहरू पाइन छोडिसकेको छ । युवायुवतीहरू समय बिताउने उद्धेश्यले एक वा एक भन्दा बढीसँग प्रेम गरिरहेका छन् । त्यही प्रेमको नाटकले बलात्कारको घटनासम्म पनि पुर्याएका समाचार भने हामी सुन्दै आएका छौं । जब चोखो प्रेम गर्नेले उसको पे्रम झुटो हो भन्ने बुझ्छ । त्यसको बदलामा उसले उक्त युवतीसँग बलात्कारलाई माध्यम बनाएर नजिकिने वा टाढा हुन खोज्छ । त्यति मात्र नभएर धेरै युवाहरू केवल यौनकै लागि प्रेम गरिरहेका हुन्छन् तर युवा युवतीको असहमतिले उनीहरू मा बलात्कारको स्थिति सृजना हुने गर्छ ।
युवाको मानसिक स्थितिः हरेक मान्छेको सोँच्ने शक्ति फरक फरक हुन्छ । संसारलाई हेर्ने उसको आफ्नै शैली हुन्छ । अंगप्रर्दशन, निलो चलचित्र आदिका कारणले मान्छेको मनमा यौन प्रतिको दृष्टिकोणमा गहिरो छाप पारेको हुन्छ । समाजमा लुकेका त्यस्ता केही गलत सोंचका कारणले पनि बलात्कार लगायतका घटनामा असर पारिरहेको हुन्छ । अंग प्रदर्शन गर्दै हिड्ने अहिलेका आधुनिक युवतीको कारणले पुरुषको सोंच्ने शक्ति अथवा उसमा लुकेर रहेको यौन शक्तिलाई जगाउन सहयोग गर्छ । आगोमा घ्यु परेपछि पक्कै पनि पग्लिन्छ झन जम्ने कुरा हुँदैन ।
बढ्दो प्रविधिको विकासः विकासले संसारलाई एकदमै साँघुरो बनाइदिएको छ । हामी संसारको जुनसुकै कुनामा भएपनि अर्को कुनामा भएका मान्छेसँग एकैछिनमा कुरा गर्न सक्छौं । परिवार तथा साथीहरूसँग आफ्ना खुसीहरू साट्न थाल्छौं । धेरै मान्छेले यसरी प्रयोग गर्ने प्रविधिलाई भने सबैले यही तबरबाट प्रयोग गर्छन् भन्ने छैन । अहिलेका युवापुस्ताले प्रविधिको प्रयोग केवल सेक्सका लागि मात्र पनि गरेको पाइन्छ । सामाजिक सञ्जाल फेसबुक, मिग, निम्बज आदि जस्ता साइटहरूले नयाँ साथी बनाउनका लागि स्थान दिएको छ । सामाजिक सञ्जाल चलाउनेमा धेरै युवा पुस्ता नै अगाडि पाइन्छन् । अझ भन्ने नै हो भने त मिग चलाउने धेरै युवा नै हुन्छन् । युवापुस्ताको सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि बलात्कारका घटनामा सहयोग पुर्याएको छ । त्यस्तै प्रविधिको विकाससँगै छ्यासछ्यास्ती निलो चलचित्रको प्रयोग, फोन लभ आदिका कारणले पनि बलात्कारका घटना घट्नमा सहयोग पुर्याएको छ ।
फितलो कानुनः बलात्कारका घटनाले बढवा पाउनुको अर्को कारण हाम्रो देशको फितलो कानुन हो । हुन त देशको आफ्नै हालत कानुन नभएको जस्तो भैरहेका बेला हामीले बलात्कार सम्बन्धी कानुन खोज्नु मूर्खता होला तर बलात्कार जस्तो जघन्य अपराधका लागि हदैसम्मको कडा सजायसहितको कानुन जरुरी छ । छिमेकी मुलुकहरूमा समेत बलात्काकारीलाई मृत्युदण्ड दिनेसम्मको कानुन बनिसकेको छ तर नेपाल सरकार भने राजनीतिक आडमा दोषीलाई कारवाही गर्नुको साटो उल्टो आश्रय दिने कारणले गर्दा पनि यस्ता घटनाले मौलाउने अवसर पाएका छन् ।
अन्य कारणः केवल यति मात्र कारण सायद नहुन सक्लान् । यी बाहेकका अन्य थुप्रै कारणले पनि बलात्कारका घटना बढाउनमा इट्टा थप्ने कार्य गरिरहेका छन् । हाम्रो देशमा मात्र नभएर संसारका धेरै देशमा बलत्कारका घटनाले मिडियामा स्थान पाउन थालेका छन् । हलिउड, बलिउड, अन्य चलचित्र उद्योग तथा नेपाली चलचित्र उद्योगमा समेत छाडापन भित्रिएको छ । टि.भी., रेडियो आदिबाट समेत युवापुस्तालाई केन्द्र बनाएर चर्चामा आउनका लागि यौन उत्तेजक कार्यक्रमहरू बढिरहेका छन् तर यस्ता कारणले मान्छेलाई उसमा लुकेर रहेको यौन इच्छालाई जगाउनलाई सहयोग गरिरहेको हुन्छ । किशोरावस्थामा आएका सवेंगहरूलाई नियन्त्रण गर्न नसक्नु, कुलत, लागू पदार्थको सेवन आदि कारणहरूले गर्दा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको पाइन्छ ।
अन्तमाः यौन चाहना सबैमा हुन्छ । मान्छेमा मात्र हैन सबै प्राणीमा ।
Friday, August 30, 2013
On 5:09 AM by Arghelo Thapa in लघु कथा No comments
खासै मन्दिर नजाने कृष्ण आज मन्दिर गयो । मन्दिर जानुको उद्धेश्य अरु केही नभएर आफूले भर्खरै किनेको क्यामरामा केही मन्दिरका आकृतिहरू जम्मा गर्नु थियो । सायद नयाँ क्यामेराको प्रतिविम्व होला । उसको अनुहार अलि बढी नै चम्किरहेको थियो । एक्लै मुस्कुरायो र मन्दिरलाई केन्द्र बनाएर तस्वीरहरू कैद गर्न थाल्यो । क्यामरालाई प्रकृतिको उज्यालोबाट जोगाउँदै आफूले खिचेका तस्वीरहरू हेर्न थाल्यो । तस्वीरहरूको हुलमा एउटा तस्वीर उसलाई अलि फरक लाग्यो किनकि त्यो तस्वीरमा मन्दिर एकदम सफा देखिएको थियो । मन्दिर भन्दा पनि सफा थियो हातमा थाली लिएकी युवतीको तस्वीर । तस्वीरलाई जुम गरेर अलि ठुलो बनायो । एकछिन हेरिरह्यो । खिस्स हाँस्यो र मन्दिरतिर पुलुक्क हेर्यो । युवतीलाई नदेखेपछि कृष्ण हतार हतार त्यतितिर लम्क्यो । मन्दिरको तस्वीर लिने वाहनामा युवतीले पूजा गर्न लागेको दृष्य आफ्नो क्यामरामा कैद गर्यो । यताउता गर्न थाल्यो । युवती पूजा गरेर बाहिर आई । कृष्णलाई मनभित्र के के भएको जस्तो लाग्यो । युवती भने सरासर हिंडी । कृष्ण ऊ गएको हेरिरह्यो । मन्दिर परिसरमै अलि पर पुगेर युवतीले यताउता हेरी र नजिकै भएको वरको रुखनिर बसी । कृष्णले उसलाई हेरिरहेको थियो । युवतीले पनि कृष्णलाई बेला बेलामा हेर्ने गर्थी तर युवतीले हेर्ने बेला कृष्णले तत्काल आँखा मोडेर अर्कैतिर हेर्थ्यो । धेरै बेरसम्म यो प्रक्रिया चलिरह्यो । मान्छेहरू पूजा गर्थे, आफ्ना मोवाइलमा मुस्कुराएका तस्वीरहरू कैद गर्थे र जान्थे । कृष्णलाई धेरैले उछिने अथवा भनौं ऊ भन्दा पछि आएका थुप्रै मान्छेहरू पूजा गरेर, तस्वीर खिचेर गए । कृष्णलाई भने त्यो पल एकदमै छोटो लागेको थियो । कृष्ण र युवतीको धेरै बेरसम्म आँखा जुधिरह्यो । युवतीले कृष्णलाई हेरेर खिस्स हाँस्थी । कृष्ण भने उसको हेराइले झन पानी पानी हुन्थ्यो । कृष्णले मनमनै सोँच्यो – ‘यसरी नै पहिले मन्दिर आएको भए त मेरो स्योर गर्लफ्रेन्ड हुने रैछ । यो केटी स्योर पट्टिन्छे ।’ युवतीले थाहा नपाउने गरी उसका केही तस्वीरहरू क्यामरामा कैद गर्यो । नजिक गएर बोलौं कि नबोलौं भनेर आफैले आफैलाई सोध्यो । उसको मनले अझै पनि उसलाई निर्णय दिन सकिरहेको थिएन । नजर एकआपसमा ठोक्किरहेका थिए । नजरको ठक्करले मुस्कानहरू जन्मिरहेका थिए । कृष्णले मनमनै बोल्यो – ‘कसैसँग आँखा जुधाउनुको मज्जा कस्तो हुँदोरहेछ आज थाहा भो । यस्तो लागिरहेछ कि ऊ मेरै लागि मन्दिर आएकी हो ।’ युवतीको मुस्कानले उसलाई घायल बनाएको थियो । दुरीले केही टाढा भएपनि उनीहरू नजरको माध्यमबाट एकदमै नजिकिएका थिए । कृष्णले सोँच्यो – ‘ह्या कति नजरको तीर हान्नु ? बरु गएर सिधै हाइ भन्छु ।’ कृष्ण तस्वीर लिने निहुँमा युवती भएतिर आयो । युवती भने जुरुक्क उठी र परबाट आउँदै गरेको अर्को युवकलाई हाइ भनी । कृष्ण टक्क अडियो । युवतीले हतार हतार गर्दै कृष्णलाई हेरी तर यो पटक हाँसिने । परबाट आउँदै गरेको युवक नजिकै आएर युवतीसँग अंकमाल गर्यो । उसको हात समाएर गयो । कृष्णका सबै कल्पनाका घरहरू भत्के । युवती बसेको ठाउँमा बस्यो । सबैले बजाएर थाकेको मन्दिरको घण्टाजस्तै थकित बनेर क्यामरामा भएका तस्वीरहरू डिलिट गर्न थाल्यो । एउटा तस्वीर भने जति प्रयास गर्दा पनि हटाउन सकेन । त्यो थियो – ‘नजरले मनमा कैद गरेको त्यो युवतीको तस्वीर ।’
Saturday, August 24, 2013
गरिबको पेटमा पनि काश गास हुन्थ्यो भने
टन्न खान पाएको कुनै पल खास हुन्थ्यो भने
किन पो बन्नुपर्थ्यो शाकाहारी मन हुनेलाई
बोका, खसीको बधेको लाश हुन्थ्यो भने
सिरेटोले जन्माएका काँडा हराउँथे शरीरका
न्यानो बास र एकसरो कपास हुन्थ्यो भने
हाड मात्रै देखिने ज्यान पक्कै लाग्थ्यो होला
भकारीमा अन्नै अन्नको रास हुन्थ्यो भने
झुठा सपनाको खेती किन गरिबकै बारीमा ?
शोषकले बुझ्थे नेता गरिबको दास हुन्थ्यो भने
टन्न खान पाएको कुनै पल खास हुन्थ्यो भने
किन पो बन्नुपर्थ्यो शाकाहारी मन हुनेलाई
बोका, खसीको बधेको लाश हुन्थ्यो भने
सिरेटोले जन्माएका काँडा हराउँथे शरीरका
न्यानो बास र एकसरो कपास हुन्थ्यो भने
हाड मात्रै देखिने ज्यान पक्कै लाग्थ्यो होला
भकारीमा अन्नै अन्नको रास हुन्थ्यो भने
झुठा सपनाको खेती किन गरिबकै बारीमा ?
शोषकले बुझ्थे नेता गरिबको दास हुन्थ्यो भने
Subscribe to:
Posts (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...



