लेख्दै । सिक्दै । शब्दहरू बुन्दै ।

Sunday, December 28, 2014

On 10:41 PM by Arghelo Thapa in    5 comments
नेपाली मिडियामा अहिले हिन्दू राज्यको मुद्दा चर्चाको विषय बनेको विश्वमा एकमात्र हिन्दू राज्यको पहिचान बनाएको देश नेपाल अहिले धर्म निरपेक्ष राष्ट्र भएको यसका फाइदा सायद केही पक्षलाई होलान् तर फेरि नेपाल हिन्दू राज्य बनाइनुपर्छ, बनाइनु हुँदैन भन्ने चर्चा सामाजिक सञ्जालमा मुख्य विषयका रुपमा उत्खनन भइरहेको यही मुद्दाले हुनुपर्छ, अहिले धर्मको बारेमा (खासगरी हिन्दू धर्मका बारेमा) धेरै खालका नकारात्मक विचारहरु फैलिरहेका छन्

सुरुमा सबैलाई यो अवगत होस् कि, पूर्ण रुपमा भगवान मान्दिन अर्थात आधा मान्छु, आधा मान्दिन किनकि मलाई ग्रन्थका कुरा किम्बदन्ती लाग्छन् तर केही रहस्यले साँच्ची भगवान हुन्छन् कि भन्ने भ्रम पैदा गरिदिन्छ यो विचार (यो लेख होइन) राख्नुका केही उद्देश्यलाई प्रष्ट पार्न चाहन्छु
धर्म व्यापारका लागि कि दर्शनका लागि ?
के भगवान छन् ? यदि छन् भने को हुन् भगवान ?

धर्मभित्रको व्यापारीकरण
धर्म अहिले व्यापार गर्ने एउटा गतिलो थलो बनेको व्यापारको चरम रुप संसारभर देखिएको समयसँगै मानिस बदलिँदै गयो बुझ्ने भयो अझ धेरै बुझ्ने भयो प्राचीन कालमा पनि धर्मको खेती अविरल रुपमा फैलिएका तथ्य हामी पढ्न पाउँछौं माध्यमिक कालमा भगवान नमान्ने केही मान्छेहरुको जमात निस्क्यो जसले धर्मको विरोध गर्न थाले अर्को धर्म जन्माउन थाले बरु हामी यसरी बुझ्न सक्छौं – 'धर्म केवल संस्कारको विकास गर्न बनाइएको एउटा कानुन थियो ।' आधुनिक कालमा जन्मिएका केही व्यक्तिले आफूलाई भगवान ठान्नु भक्तले उनीहरुलाई भगवान मानेर पूजा गर्नुको कारण मलाई यस्तै लाग्छ उदाहरणका लागि ओशो, साइबाबा आदि
प्राथमिक कालमा पनि यस्तै केही विद्वान थिए जसले एक किसिमको सिद्धान्तको विकास गरे त्यो थ्योरीको विज्ञापन गरे भगवान बने त्यस्तै भगवान हुन्, यशु, अल्लाह, बुद्ध आदि त्यसोभए हिन्दू धर्ममा उत्पादन भएका तेत्तिस करोड भगवान को ? यी सबै पात्र हुन् वेद ग्रन्थ हो वेद त्यस्तो ग्रन्थ हो, जसमा मान्छे जिउने कला सिकाइएको मान्छे बाँच्ने नियम सिकाइएको त्यसैका आधारमा हामीले बाँच्न सिकेका हौं हामीलाई बाँच्न सिकाएका हुन् अग्रजले अरु ग्रन्थ पनि यसरी नै लेखिएका ग्रन्थ हुन् यसर्थ हामी भन्न सक्नुपर्छ – 'धर्म कुनै भगवान होइन यो दर्शन हो ।'

मैले यहाँ जोड्न खोजेको कुरा के भने आखिर धर्म आफैमा भगवान होइन भने किन धर्ममाथि व्यापार भइरहेको ?

विकसित देशमा फैलिएको परमेश्वर यशु (परमेश्वर बनाइएको हो जो परमेश्वर नभएर एक आम मान्छे हो ) को व्यापारीकरण विश्व बजारमा अग्र स्थानमा आउला त्यसो अल्लाहको नाममा मान्छेको विनाश गर्ने कट्टर मुस्लिमको पनि संसारमा खडेरी लागेको छैन तर नेपालमा मौलाएको धर्मको दुवो प्रभु यशुको हो यहाँ मान्छे दैनिक जसो किनिएका छन् गरिबीको माटोमा क्रिस्चियन धर्म यसरी मौलाएको कि, मानौं प्रभु यशुले चमत्कार नै गरिदिन्छ यो सोंच नियतले जन्माएको एउटा डरलाग्दो सम्भावना हो मान्छेले पैसाका लागि मात्र प्रभु यशुको शरणमा गएका छैनन् उनीहरुलाई आदत बस्दै गएको पत्याउनु भएन ? भएन भने एउटा काम दिन्छुतपाई सबेरै मन्दिरमा जानुस् एकाग्र भएर एक महिनासम्म भजन गाउनुस् तपाई भगवान मान्नुहुन्न भने पनि मान्न थाल्नुहुन्छ किनकि तपाईले त्यहाँ स्वार्थीको दुनियाँ त्यागेर एक किसिमको आनन्द पाउनु भएको हुन्छ हो, ठ्याक्कै यही सुत्रले काम गरेको चर्चमा अन्धभक्तहरु भगवान भन्दै प्राथना गरेका छन् यही नै बानीमा  विकास भएको एउटा सामान्य उदाहरणहिजो तपाईलाई कविता खुब मन पर्थ्यो तर आज कसैले तपाईलाई बारम्बार गजल सुनाउन थाल्यो केही दिनपछि तपाईलाई गजल मन पर्न थाल्छ यसर्थ धर्म आदत हो भ्रम हो भगवान होलान् तर ग्रन्थमा छैनन् दर्शनमा छैनन्

नेपाल एकमात्र हिन्दू राज्य थियो हिन्दू राज्य हुँदैमा अरु धर्मका अधिकार खोसिए भन्ने मुद्दालाई मध्यनजर गरेर सरकारले धर्म निरपेक्ष राज्य बनायो तर धर्मको नाममा फैलिएको व्यापारलाई रोक्न सकेन पैसामा बेचिएको धर्म विज्ञापनमा किनिएको सोंचलाई महत्व दिएन त्यसैले नेपाल भोलिका दिनमा धार्मिक युद्धको भूमि हुन सक्छ जसरी अहिले छिमेकी राष्ट्र भारत लगायत विश्वभर खतरनाक भाइरस बनेर फैलिएको धार्मिक युद्ध
 
आखिर भगवान को ?
कक्षा दशमा पढ्दा मैले भगवानको खुब विश्वास गर्थें भेटेजतिका मन्दिरमा वर माग्थें ढोग्थें पूजा गर्थें मैले सबै भगवानसँग मागेको वर एउटै थियो मैले त्यो वर अर्को सालसम्म पूरा होस् भनेर कामना गरेको थिएँ तर दुखद पक्ष भन्नुपर्छ भगवानले मेरो वर पुरा गरिदिएनन् त्यसपछि मलाई आजसम्म भगवानको विश्वास लागेको छैन सायद यो मेरो कमजोरी हुन सक्छ या स्वार्थीपना

मैले मान्दै नमान्ने भगवानलाई प्राय दुख पर्दा सम्झेको हुन्छु सुख पर्दा भगवान मान्दिन पनि तर मैले सम्झिने भगवान एउटा तत्व हो अदृश्य शक्ति हो यही अदृश्य शक्तिलाई सय थरीले सय तरिकाले विकाश गरे धर्मको व्यापार गरे कुरा यत्ति हो

मलाई लाग्छ, हिन्दू गन्थ्रमा उल्लेख गरिएका पात्रहरुको जस्तो अनुहार भगवानको छैन अल्लाहको जस्तो , क्रिस्चियन, बुद्घ, अरु कोही भगवान छन् तर अदृश्य छन् बरु यिनको कुनै अनुहार नै छैन यी वायु हुन् हामी ग्रन्थमा भएका हाँस उठ्दा पात्रलाई भगवान मान्छौं काल्पनिक पात्रलाई भगवान मानेर काल्पनिक संसारमा पुग्छौं भगवान प्राप्ति गर्छौं यही हाम्रो कमजोरी हो बरु भगवान आत्मामा छन् बस्, हामीलाई अनुभव हुनुपर्‍यो भगवान छन् भन्नुका केही कारण पेश गर्न चाहन्छु

यी सबै आफूले बुझेका घटना हुन् त्यसैले विश्वास लाग्छ मलाई

घटना एकः केही समय अगाडि मैलेभगवान हुँदैनन् वेद कुनै अज्ञात लेखकले लेखेको ग्रन्थ मात्र होभनेर फुपूसँग बहस गर्ने बेलामा उहाँले एउटा घटना सुनाउनु भयो
बाग्लुङ जिल्लामा बाग्लुङ कालिका मन्दिर रे ! केही वर्षअघि फुपू त्यहाँ पुग्दा वर माग्नुभएको थियो रे ! वर पूरा भएपछि उहाँले आफूले भाकल गरेको कुरा भुल्नुभएको रहेछ तर उहाँले प्रत्येक रात सपनामा बाग्लुङ कालिका मन्दिर जाने फूल चढाएर आउने गरेको देख्नुभयो रे ! एउटै सपना सधैजसो दोहोरिएपछि फुपूले त्यो मन्दिर गएर भाकल पूरा गर्ने योजना बनाउनु भयो रे ! नभन्दै सपनामा देखेको बाटो, मन्दिर जस्ताको तस्तै विपनामा पनि रहेछ रे ! फुपूले भाकल पूरा गरेपछि त्यो सपना कहिल्यै दोहोरिएन रे !
अब भन्नुस्त्यो सपना किन दोहोरिएको थ्यो भगवानको भाकलको कारण कि भ्रम ?

घटना २: यो पालीको दशैंमा घर जाँदा भाइले सुनाएको घटना हो यो
भाइले हरेक राति सपनामा अर्घाखाँचीको सुपा देउराली मन्दिर देख्थ्यो रे ! मन्दिर देख्ने तर कहिल्यै पनि मन्दिर पुग्न नसक्ने सपना दोहोरिएपछि भाइले सुपा देउरालीको लागि मागेको भाकल पूरा गर्छु भन्दै घण्टा किनेपछि त्यो सपना दोहोरिएन रे ! अन्तत उसले भाकल पूरा गरेको थियो कारणवश उसले बोलाएको निम्तोमा जान सकिन
यो घटना सुनेकै आधारमा भगवानको विरोध गर्दै हिँड्ने व्यक्ति पनि मन्दिरको पूजा गरेर घाँटीमा माला लगाएको छु

घटना ३: यो घटना अलिक फरक
गाउँमा एकजना अंकल अल्सरको कारण थला पर्नुभएको थियो उहाँलाई भरतपुर चितवनमा अपरेशन गरेर भर्खरै गाउँ लगिएको थियो डाक्टरले बिरामीको घाउ बिस्तारै निको हुन्छ भन्ने सल्लाह दिएका थिए चितवनबाट लगेको एक हप्तामा अंकलको पेट नराम्ररी दुख्यो उहाँ राम्रोसँग बोल्न सक्नुभएन थला पर्नुभयो केही भयो कि भनेर उहाँलाई फेरि भरतपुर लगियो तर डाक्टरले उहाँको घाउ निको हुँदै गएको अलिअलि दुख्नु सामान्य हो भनेर पठाइदिए तर अंकलको हालत झन खराब भएको थियो तिहार नजिकिँदै थियो असह्य भएपछि अंकलले हामीलाई धामी लिन पठाउनुभयो आधा घण्टा हिँडेर हामी धामी बाको घरमा पुग्यौं उहाँलाई लिएर आयौं अंकलको पीडा कम भएको थिएन धामी बाले केही साम्रगी जुटाएर उहाँको आखत हेर्नुभयो कसैले वन झाँक्री उठाएर हाल्देको भन्दै उवार गर्नुभयो उहाँलाई उवार गरेको केही मिनेटमा हप्तौंदेखि छट्पटाइरहनु भएका अंकल एकाएक निको हुनुभयो मजस्ता भगवान नमान्नेका लागि यो एउटा आश्चर्यको घटना थियो


यी घटनाहरुका आधारमा मैले के बुझें भने संसारभरिको वायुमा भगवानको वास तर भगवान कुनै ग्रन्थमा छैनन् भगवान अदृष्य छन् तर हामी भगवान ग्रन्थहरुमा खोजिरहेछौं पात्रहरुमा खोजिरहेछौं हो, हामीले भगवानलाई चिन्न सकेनौं जबसम्म हामी भगवानलाई चिन्न सक्दैनौं तबसम्म यहाँ धर्मको नाममा व्यापार भइरहन्छ वर्षौंदेखि मान्दै आइरहेको हिन्दू दर्शनको विनाश भइरहन्छ नेपालजस्तो सानो मुलुकमा धर्म युद्ध चर्किन्छ दर्शनको विनाश हुन्छ दर्शनले हामीलाई नियममा बाँध्न सिकाउँछ भने हामी किन धर्मालम्बी नबन्ने ? के हामी हिन्दू दर्शनलाई लात हानेर क्रिस्चियन बन्दैमा भगवानको शरणमा जान सक्छौं ?  अहँ, पक्कै सक्दैनौं ।

5 comments:

  1. तपाईको लेख बाह्रिी आँखाले झट्ट हेर्दा ठिक लागेता पनि बास्तविकता यस्तो छैन, किन मानिसहरु हिन्दु धर्म छोड्दै ख्रीष्ट येशूलाई पछ्याईरहेका छन भन्ने कुरा खोज्नुहोस जसमा के छ त्यस्तो तत्व जसले मानिसलाई परिवर्तन गरिदिएको छ, मलाई थाहा छ तपाईको जवाफ त्यो हुन्छ, मानिस गरिवी भएको कारण र पैसा दिएको हुँनाले धर्म परिवर्तन गरेका छन भनेर भ्रम र सत्यतालाई खोज्ने नगर्नु होला । सत्य सधै सत्य नै हुन्छ जसले जहाँ जडा गडिएतापनि त्यो एक पानी अनि चट्टान माथी बसालिएको शहर हो जसमा प्रेम र शान्ति लुकेको छ, तपाईको व्यक्तिगत अर्थ त्यो होला त्यसमा केही फरक पर्दैन तर बास्तविकता पनि खोज्ने प्रयास गर्नुहोस, हुँन सक्छ सबै भन्दा पहिला ख्रीष्ट्यानीटी नेपालमा भित्राउदा केही पैसाको चलखेल भएको होला, त्यही अनुसार को व्यवाहार जो पैसामा विक्नेहरुले देखाएका होलान तर आज मानिस चेतनशिल भएर गईसकेका छन् जसलाई तपाईजस्ता अन्धाविश्वासले लेखद्धारा सिद्ध गर्नु सक्नु हुँदैन तपाई त्यो मात्र गर्न सक्नु हुन्छ आन्दोलन लेख, हडताल, मारामारी हत्या हिन्दु राष्ट्र घोषणा तर सच्चा ख्रीष्टप्रेमीलाई न कुनै मुल्यमा न कुनै सर्तमा न कुनै भौतिक बस्तुमा खरिद विक्री गर्न नै सक्नु हुन्छ त्यसैले कृपाया तपाई सत्यता खोज्न सक्नु हुँदैन भने पनि विरोध नगर्नुहोस त्यसैमा तपाईको भलो हुँनेछ । तपाईहरुमा भएको भ्रम र सत्यता कृपया लिकालीदिनुहोस जानुहोस ८० प्रतिसत कलभट भएको ख्रीष्टप्रेमीलाई सोध्नुहोस तर ख्रीष्टयानहरुलाई होईन तपाईलाई कसैले पैसा दिएर हो कि तपाई आफै हुँनु भएको हो । तर २० प्रतिशत लाई म पनि भन्न सक्दैन किनकी तिनीहरु छानिएका हुँन जसले पैसाको लोपमा आफ्नो निजी धर्मलाई बेच्दछ, तपाईका घटाना नं.१, २,३ भनेर उल्लेख गर्नुभएको भन्दा बढि र प्रभवशाली र शक्तिशाली घटनाहरु भेटाउनुहुँने छ, तपाईहरु अन्दोलन गर्नुहोस र हिन्दु धर्म नै बनाएर हेर्नुहोस नेपालमा तर मनिस धर्ममा सोतन्त्रताहोस तर पनि ख्रीष्टलाई पछ्याउनेको कमी हुँने छैन, सक्नुहुन्छ भने ख्रीष्ट्यानहरुसंग सम्बन्धि संघ सस्थाहरुलाई बन्द पनि गरिदिनुहोस जसले पैसा दिएर धर्म परिवर्तन गराउछ, म ख्रीष्ट प्रेमी भएपनि त्यसमा मेरो पनि सहमत छ । त्यस्ता बिकृती गर्ने कुनै पनि संघ सस्थाहरु छन भने कृपया तिनको नाम निसान मेटिदिनुहोस । अनि जानुहोस ६०१ जना संसदहरुसँग र बहस गर्नुहोस । हिन्दु राष्ट्रकोलागी ६०१ मा २०० जनाले मात्र पनि हिन्दु राष्ट बनाउनु पर्छ भने भने पनि तपाईकै जित होस तर खुमे र कमले जस्तो देशका शंकटहरु द्धारा देशमा धर्मको नाममा आतंक मचाउनेहरुलाई जनताले राम्रोसँग बुझेका छन । धर्म होईन धार्मिकताको कदर गर्न सिक्नुहोस माग्न होईन दिन सिक्नुहोस जस संग प्रेम छैन त्यो धर्म होईन प्रेमले जहिले पनि आफ्नो शत्रुलाई माफ गरिदिन्छ, कहिले गर्नु भयो मित्र तपाईले आफ्नो छिमेकीलाई प्रेम र माफ, एक पल्ट पछाडी फर्किएर हेर्नुहोस त्यो आफ्नो भत्किएको बासस्थान जसमा सदियौ देखि अवैधानिक मुल्य र मान्यताहरुले जडिएको छ भत्काउनुहोस ती पर्खालहरुलाई जसले तपाईलाई बन्धन बनाएको छ, यदि आफ्नो शत्रुलाई माफ दिन सक्नु हुँदैन भने त्यहा जहिले पनि युद्ध नै भईरहन्छ त्यसको अन्त केवल मुत्यू मात्र हो, ख्रीष्ट कुनै देशको व्यक्तिगत धर्म होईन र त्यो कसै संग पनि सम्बन्धित छैन त्यो केवल मानिस संग मात्र उसको मित्रतको सम्बन्धलाई जोड दिन्छ, सदियौदेखी अन्धकारमा जडा गाडिएकाहरुलाई उद्धार अनि मुक्तिको सुसन्देश लिएर आएको छ, ख्रीष्ट प्रेम यादगर्नुहोस संसारको सबै भन्दा ठुलो हतियार हो प्रेम न त्यसलाई गोली लाग्छ न त्यसलाई हामीजस्ता भ्रष्ट विचार भएकाहरुको शब्दनै लाग्छ त्यो केवल प्रेम हो त्यसले जहिले पनि मानिस मानिसविचको संवन्धलाई सु–मधुर अनि सरल बनाईदिन्छ त्यही नै बास्तविकता हो तपाईहरुलाई कस्तो लाग्छ त्यो मानिसको हृद्धयमा हुने परिवर्तन हो, जसलाई न जुलुस न झगडा गरेर परिवर्तन गर्न सकिन्छ । जुनमानिस बास्तविकता नबुझि पैसा द्धारा धर्म परिवर्तन गर्छ भने त्यो स्रपित हो त्यसलाई नर्ग र स्वर्गको वारेमा के ज्ञान अनि मान त्यस्ताले आफ्नो पन सम्म पनि बेच्न सक्छ, आज धेरै बर्ष पछि केही धार्मिक व्यक्तिहरुले गरेको प्रथानहरु द्धारा नेपालमा ख्रीष्टको सुसमाचार सुनाईएको छ जसले अन्धकार होईन ज्योति लिएर आएको छ, यो अफर हो यो अवस्थामा पनि उहाँको प्रेमलाई बुझ्न सकिएन भने एक श्राप आउने छ देशलाई जसमा हामी सबैले दाह किट्ने र आफुले गरेको गल्तीमा रुवाबासी गर्न बाहेक केही पनि हुँनेछैन म सवै नेपालीहरुलाई के आग्रह गर्न चाहान्छु भने, हामीले एक अर्काका प्रेम गर्न सिकौ, आफ्नो छिमेकी सँग राम्रो व्यवाहार गर्न सिकौ त्यही ख्रीष्टले दिएको उपाहार हो त्यही मुक्ति अनि सत्य जिवन बाटो हो । धन्यवात ।

    ReplyDelete
    Replies
    1. dear shyam raya thakuri
      yo christian haru aafai lai thulo thanna kailei nachodne vaye hai?????? aaja sansar ma 189 desh le yoga garxa tyo kamasutra bible le diyeko hoina. 118 desh ma sanskrit padhai hunxa tyo pani bible le diyeko hoina. bhagwan krishna ka duut thiye jesus napatyaye unko naam ko modification henus dherai writer le yesko barema lekheka chhan. Krishna>Kristo>Christa.. pahile bible ko nautanki sunaunu pahile Geeta ra veda padnus. einstein ra curie ko jiwani ma 60% geeta ra upanishad ko explaination chha. Einstein le bhaneka chhan ki antim samma ma jit hindukai hunechha. sansar ma sabai hindu banne chhan. curie le ni accept gareki chhin ki upanishad padera aafule radium ko awiskar garko. ajhai tapai haru vannu hunxa eysu nai sabai chiz ra bible nai brahamanda........ yo soch badalnus mitra dui char paisa ko lobh ma parera dharma bechne le samabedana bahek ma kehi dina sakdina

      Delete
  2. तपाईंले त सिङ्गो लेख नै पोस्ट गरिदिनु भएछ । मेरो आँखाले यो नै एउटा भ्रम देख्छ श्याम जी ।

    ReplyDelete
  3. हो लेख हैन विचार हो हामि हजारौको बिचारको प्रतिनिधित्व लेख त लेखिन्छ सकिन्छ .. तपाई सबेरै मन्दिरमा जानुस् र एकाग्र भएर एक महिनासम्म भजन गाउनुस् । तपाई भगवान मान्नुहुन्न भने पनि मान्न थाल्नुहुन्छ किनकि तपाईले त्यहाँ स्वार्थीको दुनियाँ त्यागेर एक किसिमको आनन्द पाउनु भएको हुन्छ । हो, ठ्याक्कै यही सुत्रले काम गरेको छ चर्चमा -वा क्या राम्रो विचार राख्नु भो पठनीय विचार

    ReplyDelete
  4. एउटै निश्कर्ष,
    धर्मलाई ब्यापार हैन,
    आश्था र मर्यादाको
    समायोजीत संयोजन बनाउनु पर्छ।

    ReplyDelete