Wednesday, April 3, 2013
On 9:49 PM by Unknown in लघु कथा No comments
धेरै दिन देखि भन्न मन लागेको कुरा आज निमेशले भन्ने निर्णय ग¥यो । आज ऊ केहि डर लागेको जस्तो अनि केहि भन्न खोजेको जस्तो देखिन्थ्यो । सन्जनालाई देख्ने बित्तिकै उसमा एक किसिमका मायाका फोकाहरु उठिसकेका हुन्थे । सन्जनालाई एक नजर हेर्नका लागी उसले घन्टौं देखि बाटो कुरेर बस्ने गथ्र्यो । उसलाई भन्न मन थियो, ‘सन्जना म तिमीलाई धेरै माया गर्छु । तिमीलाई आफ्नो बनाउन चाहन्छु ।’ अन्ततः निमेशको पर्खाइको घडि सकियो । फररर फुकेको कपाललाई हावामा फिजाउँदै सन्जना कक्षा भित्र छिरी । निमेशले धेरै दुःख गरेर सन्जनालाई साथी बनाएको थियो । सन्जनाको आगमनले निमेशको चेहराको रंग चेन्ज भयो । खुसीले स्पाइडरम्यान जस्तो आकाशमा उड्न खोजे जस्तो ग¥यो । निमेशले सन्जनालाई एक तरहले हेरिरह्यो । कक्षा सकिए पछि निमेशले सन्जनालाई एउटा कार्ड दिंदै भन्यो । ‘सन्जना बन्द खाम भित्र जे पनि हुन सक्छ । मिति भएको चिठी पनि हुन सक्छ अनि मिति नभएको चिठी पनि हुन सक्छ ।’ सन्जनाले निमेशको मुखमा हेर्दै चिठी खोली । निमेशले मनमा त्यतिबेला सम्म धेरै कुरा सोच्न भ्याइसकेको थियो । अब सन्जनाले के भन्ली ‘ओके’ भन्ली कि ‘आइ हेट यु’ भन्ली अथवा ‘मेरो बिहे भइसक्यो’ पो भन्ली कि । यस्तै सोच्दै गर्दा सन्जनाले निमेशको मुखमा नमिठो पाराले हेरि अनि देब्रे हातको औंठी देखाउँदै भनी । ‘तिमीसँग म एउटा साथी भएर पो बोलेको त यि औंठी हेर, मेरो इंगेजमेन्ट भइसक्यो । उँहा बिदेशमा हुनुहुन्छ । म उँहालाई नै कुर्दै छु । फेरि माया बारम्बार पनि त हुँदैन नि ।’ उसले अगाडी थपी । ‘मैले अरु कसैलाई माया गरिसकें । यदि माया भयो भने पनि पहिलाको जस्तो हुँदैन ।‘ निमेशले सबै निराशाका पोकाहरु लाई मन भित्र कोचर्दै नमिलेका दाँत देखाएर नक्कली हाँसो हाँस्दै भन्यो । ‘ओ सरी मैले गल्ती गरें । मैले अर्काको नासोलाई यसरी प्रेम प्रस्ताव राख्न नहुने थ्यो ।’ त्यसपछि निमेश कहिले क्याम्पस जाने मन गरेन ।
अर्घेलो थापा
Subscribe to:
Post Comments (Atom)
खोज्नुहोस्
सेयर गर्नुहोस् ।
गुगलमा साथी बनौं ।
ट्वीटरमा साथी बनौं ।
धेरै पढिएका
-
कथाकार गुरुप्रसाद मैनाली नेपाली साहित्यको फाँटमा आफ्नो अमिट छाप छोड्न सफल गुरुप्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको ...
-
गाउँघरको काम कहिल्यै नसकिने । न आफूले कहिल्यै काम गर्नुपर्ने । हाम्रा आफ्ना बाल्यकाल त्यसै धातुमा कुँदिएका नमेटिने अक्षरजस्ता भएका ह...
0 comments:
Post a Comment